सञ्चारमन्त्रीको प्रश्न, कहाँको राजा आउने लावण्य देशको ?



काठमाडौं–

सरकारका प्रवक्ताले राजा आउने भन्ने चर्चाको खण्डन गरेका छन्। उनले त्यसको हाउगुजी नदेखाउन पनि चेतावनी दिए।

पछिल्लो समय डाकिएको सर्वदलीय बैठक र त्यहाँ चर्चा उठेको गणतन्त्र जोगाउने विषयको सन्दर्भमा बिहीबार धारणा राख्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले राजतन्त्र इतिहास भइसकेको बताए।’कहाँबाट, को राजा, कहाँको राजा, लावण्य देशको ? नेपालमा त राजा छैन त। राजतन्त्रै छैन। सकियो। एकादेशको कथा इतिहासको एउटा कुरा भए। पछि इतिहास पढ्दा अहिलेको पुस्ताले पनि र भोलिको पुस्ताले पनि इतिहास पढ्नेछ। नेपालको राजनीतिक विकास प्रक्रियाको इतिहास पढ्दा त्यो पढ्नेछ। त्यो एउटा थियो’, उनले भने, ‘बाइसे चौबिसेदेखि कहाँकहाँ आइपुगेर अन्त्य भएको, त्यो पढ्नेछ।’

‘मरेको राजतन्त्रले फणा उठाउन सक्दैन’, उनले स्पष्ट पारे, ‘राजाका नाममा राजनीति गर्नेहरु डाइनोसर हुन्छन्। स्पष्ट छ। हुने नै त्यही हो । बाटै त्यही हो। जतिसुकै कराऊन्।’उनले १७ साल र अहिलेको युग नै परिवर्तन भएको बताए। चेतना र समाजै परिवर्तन भइसकेको उनको भनाइ थियो।

उनले अधिकारको प्रश्नमा सबै चम्किरहेका भए पनि त्यसको रक्षा गर्नुपर्ने बताए।

प्रकाशित मिति : भदौ ६, २०७६ शुक्रबार  ११ : ४९ बजे