अर्घाखाँची–
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकमा समृद्धिको जग बसिसकेको र यसको परिणाम केही समयमै देखिने बताएका छन् ।
अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको ठाडामा रेडियो शीतगङ्गा तथा खुला तीज गीत प्रतियोगितामा बोल्दैमन्त्री बाँस्कोटाले उत्पादनका क्षेत्रलाई बलियो बनाएर उत्पादकत्व बढाउने र त्यसैका माध्यमबाट समृद्धिलाई साकार पारिनेसमेत बताए ।
सरकारले विकास गरेन भनेर भन्ने दूरप्रचार भइरहेको बताउँदै उनले सरकारले गरेका कामलाई राम्रोसँग नियाल्न आग्रह गरे । सरकार अब खरोरुपमा उत्रने बताउँदै उनले निर्वाचनमा सरकारले गरेका कामको मूल्याङ्कन जनताले नै गर्ने र जनताको परीक्षामा उत्तीर्ण भएरै छाड्ने बताए ।








