प्रचण्डले पहिलो पटक डाके नेकपाको सचिवालय बैठक



काठ्माण्डौ-

सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठक डाकेका छन्। यस सगै दाहालाले पहिले पटक आफैले बोलाएको नेकपा बैठकको अध्यक्षता गर्नेछन ।

बैठकमा पार्टिका बाकी कार्यविभाजनबारे छलफल गगरिने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।बैठक भोलि पार्टी कार्यालय धुम्बाराही बस्नेछ

गत बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पनि प्रचण्डले पार्टी बैठक चलाउन सक्ने र एकताको बाँकी काम पूरा गर्ने निर्णय गरेपछि प्रचण्डलाई बैठकको अध्यक्षता गर्ने बाटो खुलेको हो।

बैठक बोलाउनु अघी प्रचण्डले राष्ट्रपती बिधा भण्डारी लगायत नेकपाका नेताहरुसग बाक्लो भेटघाट गरेका थिए ।

प्रकाशित मिति : भाद्र ८, २०७६ आईतबार  २ : २८ बजे