विराटनगर,९ भदौ –
दायित्व सारेर निर्माण सम्पन्न गरिएका विराटनगर महानगरपालिका क्षेत्रका सडक , नाला, पर्खालहरुको अनुगमन गरिएको छ ।विराटनगर महानगरपालिकाका उप–प्रमुख ईन्दिरा कार्कीको नेतृत्वको अनुगमनको टोलिले विराटनगर ३ , ४ , ५ ,७ ,१५ का सडक नाला तथा पर्खालको अनुगमन गरेको हो ।

अनुगमनमा विराटनगर ९ का अध्यक्ष विश्वनाथ भगत, विराटनगर ७ का अध्यक्ष मधु तिवारी , विराटनगर १५ का अध्यक्ष असलम आलम ईन्जिनियर गोपाल पोखरेल लगायतका महानगरका प्राविधिकहरुको सहभागिता थियो । अनुगमनका क्रममा त्रुटि देखिएका स्थानहरुमा उपभोक्ता समीतीलाई त्रुटी सच्याउन आग्रह गरिएको ईन्जिनियर पोखरेलले बताउनुभयो ।

विराटनगरको बहुसंख्यक सडकहरु, नालाहरु, पर्खालहरु महानगरको ६५ प्रतिशत लगानी बाँकी उपभोक्ता समीतीहरुको लागानीमा निर्माण भईरहेको छ । उपप्रमुख कार्कीले भन्नुभयो,‘ निर्माणधिन अवस्थाका विकासेकामहरुको गुणस्तर मापन गर्ने काम भयो काममा गल्ती गर्ने समीती वा पदाधिकारीहरुलाई सुधार्न आग्रहगरियो,‘।

वडाका करिब ६ वटा सडक , ६ वटा नाला र ६ वटा रिटेर्नीङ वालका लगायतको अनुगमन गरिएको हो ।










