चितवन,
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललेसरकारप्रति जनताको विश्वास गुम्दै गएको बताएका छन । आज चितवनमा पत्रकारसँगको कुराकानीमा नेता पौडेलले एति बेला मुलुकमा सरकारकै गैह्र्जिम्मेवारिका कारण सरकार, सरकारी निकाय र यहाँको न्याय प्रणालीप्रति जनतामा अविश्वास बढ्दै गएको बताएका हुन ।
कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा उत्रिएका जनताले यसलाई प्रमाणित गरेको नेता पौडेलको भनाइ थियो । लामिछानेसहितका तीन आरोपित व्यक्तिका सम्बन्धमा न्यायोचित छानबिन हुनुपर्नेमा जोड दिँदै उनले यो विषय न्यायालयमा पुगिसेकाले न्यायोचित छानबिन हुने अपेक्षा गरेका छन् । नेपाली काङ्रेस स्थापना काल देखीनै न्यायको पक्षमा रहेको पौडेलले जोड दिए ।
नेता पौडेलाले सरकार प्रतिको बिश्वाश सकिइ सकेकोले अब काङ्ग्रेसले जनताको मन जित्ने गरी काम गर्ने समय आएको बताए।
नेता पौडेलले भने, “सरकारको विकल्पको रुपमा काङ्ग्रेसलाई तयार गर्नुपर्छ । यसका लागि सबै एक भएर अघि बढ्नुको विकल्प छैन ।” पार्टीको महाधिवेशन समयमा नै गर्नुपर्ने र पार्टीभित्र भएका कमी कमजोरीलाई अन्त्य गर्दै जनतामाझ जानुको विकल्प नरहेको उनको भनाइ थियो । नेता पौडेलले भने, “राजनीतिमा सबै कुरा सबैले एकैनास बोल्छ भन्ने हुँदैन पक्ष–विपक्ष हुन्छ तर जनताको काम गर्ने समयमा त्यो देखिनु हुँदैन ।”
राजनिती प्रती बढ्दै गएको जनताको बितृष्णालाई मेटाउने गरी जनचाहना अनुसार अब पार्टीलाई अघी बढाउनुपर्नेमा नेता पौडेलले जोड दिए ।










