लामिछाने राजनीतिमा आउन सक्ने



काठमाडौं –

टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफू राजनीतिमा प्रवेश गर्न सक्ने संकेत गरेका छन । उनले राजनीतिक दल र तिनका नेताहरुलाई जिम्मेवार बनाउनु पहिलो प्राथमिकता भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिमा आउने संभावना समेत रहेको बताए । उनले भनेका छन, “संभावनाको ढोकामा चुकुल मात्र लागेको हो, ताल्चा लागेको छैन ।”

पाँच लाख धरौटीमा भएका लामिछानेलाई राजनीतिमा लाग्नेबारे सञ्चारकर्मीहरुले प्रश्न गरेका थिए । जवाफमा उनले राजनीतिमा आउने विकल्प आफूसँग भएको बताए ।

१० दिन हिरासतमा बस्दा नयाँ अनुभव लिएको पनि उनले बताए । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा लामिछानेसहित तीन जनालाइ प्रहरीले गत ३० साउनमा नियन्त्रणमा लिएको थियो

प्रकाशित मिति : भदौ १०, २०७६ मंगलबार  ६ : ०६ बजे