काठमाडौं ।
नेपाल कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी मुख्यालय विपीनगर सानेपामा बुधबार दिउँसो २ बजे बस्दैछ ।
बैठकमा महत्वपूर्ण एजेन्डाका रुपमा भ्रातृ संस्थाहरुबारेको छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । उनले काँग्रेसका अधिकांश भ्रातृ संस्थाहरुको समयावधि सकिएकाले त्यसबारे विशेष निर्णय हुन सक्ने बताएका छन् ।
उनले अधिवेशन तयारी कमिटी बन्न सक्ने बताए । आजै एउटा चुनावी अधिवेशन तयारी कमिटी बन्न सक्नेछ ।’पार्टी महामन्त्री पूर्णबहादुर खड्काले असार २२ गतेको बैठकमा पेश गरेको एजेण्डाअनुसार नै भ्रातृसंस्थाबारे छलफल हुन लागेको हो । तेस्तै बैठकमा कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी समायोजन र बिदेश स्थित जनसम्पर्क समितिबारे आवश्यक निर्णय लिने विषयमा समेत छलफल हुनेछ ।
ने बि लगायत कांग्रेसका सबै भात्री संस्थाहरुको महाधिबेशन गर्ने म्याद सकिइसकेको छ ।नेविसंघ रिक्त रहदा पार्टिको नर्सरी नै सुक्दै गएको भन्ने सर्बत्र चिन्ता ब्यक्त हुँदै आएको छ । अध्यक्ष नैनसिं महरले राजीनामा दिएपछि नेवि गत माघ महिनादेखि नेतृत्वबिहीन छ।










