नेकपा नेतालाई कांग्रेस प्रबेश गराउदै महामन्त्री कोइरालाले भने : नेकपाका कार्यकर्ताहरु पनि बिचलित छन



काठमाडौं –

अनेरास्ववियु कोटेश्वर क्याम्पस इकाई अध्यक्ष दोलखा तामाकोसी गाउपालिका वडा ५का नेकपाका नेता शंकर न्यौपाने नेपाली कांग्रेस प्रवेश गरेका छन्।न्यौपानेलाई कांग्रेस महामन्त्री शशांक कोइरालाले  माला र अबिर लगाएर कांग्रेस पार्टिमा स्वागत गरेका छन ।

कोइराला निवास महाराजगंजमा आयोजित कार्यक्रमका बिच न्यौपाने कांग्रेस प्रबेश गरेका हुन ।

नेबिसंघका निबर्तमान महामन्त्री कुन्दन राज काफ्लेको समन्वयमा दोलखा जिल्लाका नेताहरूको उपस्थितिमा न्यौपाने पाटी प्रवेश गरेका हुन्।

उक्त अबसरमा बोल्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले बर्तमान सरकारको डेढ वर्षको अवधि हेर्दा जनता निरास भइ सकेको बताए ।जनता मात्रै नभएर नेकपाका नेता कार्यकर्ताहरु पनि बिचलित हुन थालेको महामन्त्री कोइरालाले उल्लेख गरे ।

देशमा एतिबेला महंगी, भ्रष्टाचार बढ्दै गएको र शान्ती सुरक्षाको अवस्था सबै भन्दा कमजोर बनेको कोइरालाले दाबी गरे ।देशमा अब कांग्रेसको बिकल्प नभएको भन्दै कोइरालाले अब जनाताको मन जित्ने गरी काम गर्न थाल्नु पर्नेमा जोड दिए ।

जनताले कम्युनिष्ट  पार्टीहरुको बिकल्प खोजे पनि कांग्रेसलाई जनताले बिश्वाश गर्न सक्ने पार्टीको रुपमा जनता माझ उभ्याउन पार्टिमा नेतृत्व परिवर्तन सहित युबाहरुलाई बिषेष भूमिका दिन जरुरी रहेको कोइरालाले उल्लेख गरे ।

नेबिसंघका निबर्तमान महामन्त्री कुन्दन राज काफ्लेले नेकपाका नेता शंकर न्यौपानेको प्रबेशले दोलखा जिल्लाको तामाकोशि गाउपालिकामा नेपाली कांग्रेसलाई उल्लेख्य सहयोग पुग्ने बिश्वाश ब्यक्त गरे ।

आजै कांग्रेस पार्टी प्रवेश गरेका शंकर न्यौपानेले नेकपा भ्रष्टहरुको आँखाडा बन्दै गएको र जनाताको भाबनालाई कुल्चन थालेकोले आफु नेपाली कांग्रेस प्रबेश गरेको बताए ।

प्रकाशित मिति : भदौ १२, २०७६ बिहिबार  ११ : ३६ बजे