काठमाडौं
नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको केन्द्रीय सरकार, प्रदेश सरकार स्थानीय सरकारहरुमा मौलाउँदै गएको संस्थागत भ्रष्टाचार, सार्वजनिक सम्पत्तिको दुरुपयोग, जनतालाई दिनपर्ने सेवा, सुविधा र विकास निर्माणमा देखिएको भेदभाव र ढिलासुस्ती तत्काल बन्द गर्न माग गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमार्फत केन्द्रसंगै प्रदेश र स्थानीय तहमा भ्रष्टाचार मौलाएकोतर्फ नेपाली कांग्रेसले ध्यानाकर्षण गराएको हो ।
तेस्तै नेपाली कांग्रेसले सरकार र सत्तारुढ नेकपाले संवैधानिक व्यवस्था, लोकतान्त्रिक मूल्यमान्यतालाई अवमूल्यन गर्न थालेको ठहर गरेको छ।सरकारको असफलता ब्यबस्था सग जोडिने खतरा रहेको बारेमा पनी बैठकमा छलफल भएको पार्टी कार्यलयले जनाएको छ ।
आजको बैठकमा सह–महामन्त्री डा .प्रकाशशरण महतले पेष गरेको राजनीतिक प्रस्ताव माठी नेताहरु कृष्णप्रसाद सिटौला, डा . रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, फरमूल्लाह मन्सुर, सुजाता कोइराला, आनन्दप्रसाद ढुंगाना, नविन्द्रराज जोशी, कमला पन्त, धनराज गुरुङ, महेन्द्र यादव, प्रदीप पौडेल, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले आ–आफ्नो धारणा राखेका छन् ।बैठकमा बोल्ने सबै नेताहरुले सरकारका असफलतालाई लोकतान्त्रिक व्यवस्थाको कमजोरीको रुपमा चित्रित गरिने प्रबृत्तिको बिरोध गरेका छन ।
त्यसै गरी बैठकले मन्त्रिपरिषद् बैठकसम्बन्धी कार्यविधिको संशोधनलाई तत्काल सच्याउन पनि माग गरेको छ। देशको लोकतान्त्रिक पद्धति, राष्ट्रिय सुरक्षा र गोपनीयतासँग जोडिएको विषय भएकाले सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।










