गाउ देखी केन्द्र सम्म अचाक्ली भ्रष्टाचार मौलाएको कांग्रेसको निश्कर्ष



काठमाडौं

नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको केन्द्रीय सरकार, प्रदेश सरकार स्थानीय सरकारहरुमा मौलाउँदै गएको संस्थागत भ्रष्टाचार, सार्वजनिक सम्पत्तिको दुरुपयोग, जनतालाई दिनपर्ने सेवा, सुविधा र विकास निर्माणमा देखिएको भेदभाव र ढिलासुस्ती तत्काल बन्द गर्न माग गरेको छ । बिहीबार बसेको  केन्द्रीय कार्यसमितिको बैठकमार्फत केन्द्रसंगै प्रदेश र स्थानीय तहमा भ्रष्टाचार मौलाएकोतर्फ नेपाली कांग्रेसले ध्यानाकर्षण गराएको हो ।

तेस्तै  नेपाली कांग्रेसले सरकार र सत्तारुढ नेकपाले संवैधानिक व्यवस्था, लोकतान्त्रिक मूल्यमान्यतालाई अवमूल्यन गर्न थालेको ठहर गरेको छ।सरकारको असफलता ब्यबस्था सग जोडिने खतरा रहेको बारेमा पनी बैठकमा छलफल भएको पार्टी कार्यलयले जनाएको छ ।

आजको बैठकमा सह–महामन्त्री डा .प्रकाशशरण महतले पेष गरेको राजनीतिक प्रस्ताव माठी नेताहरु कृष्णप्रसाद सिटौला, डा . रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, फरमूल्लाह मन्सुर, सुजाता कोइराला, आनन्दप्रसाद ढुंगाना, नविन्द्रराज जोशी, कमला पन्त, धनराज गुरुङ, महेन्द्र यादव, प्रदीप पौडेल, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले आ–आफ्नो धारणा राखेका छन् ।बैठकमा बोल्ने सबै नेताहरुले सरकारका असफलतालाई लोकतान्त्रिक व्यवस्थाको कमजोरीको रुपमा चित्रित गरिने प्रबृत्तिको बिरोध गरेका छन ।

त्यसै गरी बैठकले मन्त्रिपरिषद् बैठकसम्बन्धी कार्यविधिको संशोधनलाई तत्काल सच्याउन पनि माग गरेको छ। देशको लोकतान्त्रिक पद्धति, राष्ट्रिय सुरक्षा र गोपनीयतासँग जोडिएको विषय भएकाले सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

 

 

 

 

 

प्रकाशित मिति : भाद्र १२, २०७६ बिहीबार  ४ : ०९ बजे