काठमाडौं–
एनआईसी एशिया बैंकको एटीएम सेवा आइतबार अवरुद्ध भएकोमा हाल उक्त एटीएम सेवा सुचारु भइसकेको बैंकले जनाएकोछ ।
सेवा संचालनमा आए संगै बैंकको एटीएम कार्ड बाहकहरुले एन आई सी एशिया बैंकको एटीएम तथा पीओएस मेसिन प्रयोग गरी कारोबार गर्न सक्ने पनि बैंकले जनाएकोछ ।
बैंकको नियन्त्रण भन्दा बाहिरको परिस्थितीको कारणवश केही समयको लागि सेवा स्थगन गर्न परेकोमा बैंकले क्षमायाचना गरेको छ ।
आफ्नो बैङ्किङ प्रणाली पूर्ण सुरक्षित रहेको र ग्राहकहरुले ढुक्कसग प्रयोग गर्न सक्ने पनि बैङ्कले जनाएको छ ।










