विप्लव नेकपाद्वारा सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट



इनरुवा –

विप्लव नेकपाले सुनसरीका दुई शैक्षिक संस्थामा  बम बिष्फोट गराएको छ ।

बिहीबार मध्यराति इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बम बिष्फोट गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बिष्फोटबाट शिक्षण संस्थाअहरुमा सामान्य क्षति छ ।

केही दिन अगाडि इटहरीबाट विप्लव समूहका लागि चन्दा उठाउने नाइके पक्राउ परेपछि उनीहरुले नै बिष्फोट गराएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए । स्थानीयवासीमा डर, त्रासको अवस्था सिर्जना गर्ने र चन्दा आतङ्क मच्चाउने योजनाको साथ शैक्षिक संस्थामा बिष्फोट गराएको हुन सक्ने उपरीक्षक शर्माले बताए ।

घटनाको विषयमा अनुसन्धान भइरहेको र बम बिष्फोट गराउने विप्लव समूहका कार्यकर्ताको खोजी भइरहेको जानकारी उनले दिएका छन् ।

 

प्रकाशित मिति : भाद्र २०, २०७६ शुक्रबार  ६ : २१ बजे