संसदिय समितिहरुमा रहेका तीन विधेयकहरु तत्काल सच्चाउन कांग्रेसको माग



काठमाडौं-

नेपाली कांग्रेसले नेपाली कांग्रेसले संघीय संसद अन्तर्गतका बिभिन्न विषयगत समितिहरुमा छलफलको क्रममा रहेका तीन विधेयकहरु तत्काल सच्चाउन माग गरेको छ ।

‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’, ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सच्चाउन कांग्रेसले माग गरेको हो ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति मार्फत उक्त बिधेयकहाँरु सच्याउन माग गर्दै संविधानको प्रस्तावना, प्रावधान र व्यवस्थालाई उल्लंघन गरी ल्याइएका विधेयक संविधान प्रतिकूल रहेको विज्ञप्ति मार्फत जनाएका छन्।

संविधानको व्यवस्था र भावनाको प्रतिकूल हुने गरी प्रस्तुत भएका विधेयकहरुलाई तत्काल सच्चाउन माग गर्दै सोही रुपमा पारित भए कांग्रेसलाई स्वीकार्य प्रमुख सचेतक बालकृष्ण खाँडले चेतावनी दिएका छन्।

प्रमुख सचेतक बालकृष्ण खाँडले सांसदहरुले प्रस्तुत गरेको संशोधन प्रस्ताव र बिभिन्न समिति एवं उपसमितिहरुमा राखेको फरक मत प्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएका छन ।

प्रकाशित मिति : भदौ २३, २०७६ सोमबार  २ : २७ बजे