काठ्माण्डौ-
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय नेताहरुको चरित्र बिग्रीदै गएको बताएका छन । प्रचण्डले नेताहरुमा बिचलन आउँदा वैचारिक र नैतिक चरित्रका दृष्टिले पार्टी खस्किएको बताएका हुन ।
२१ औ सुरेश वाग्ले स्मृति कार्यक्रमलाई सोमबार पार्टी मुख्यालय धुम्बराहीमा सम्बोधन गर्दै अध्यक्ष दाहालले भने ‘जनताको लोकप्रिय दुई तिहाई मतसहित सरकारको नेतृत्व गर्ने ठाउँमा त हामी पुगेका छौँ। तर वैचारिक स्पष्टता, निष्ठा, नैतिक चरित्र र आचरणका हिसाबले खस्किएका छौँ।’
आफ्नो दलका नेताहरु बढि नै आत्मकेन्द्रीत, व्यक्तिवादी र आर्दशबाट विचलनतिर गइरहेको आफूलाई अनुभब भइरहेको उनको भनाई थियो।
अध्यक्ष प्रचण्डले पछिल्लो समयमा पार्टीका नेताहरु आत्मकेन्द्रित र व्यक्तिकेन्द्रित हुँदै गएको र पार्टी को रारेमा जनाता शन्तुष्टा हुन नसकेको ब ताए । उनले जनताको सेवामा समर्पित पार्टी बनउनेतर्फ केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिए ।








