कांग्रेस सभापति देउवा र चिनिया बिदेश मन्त्री वाङ यीबिच भेटबार्ता



काठमाडौं-

चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता भएको छ । ।  भेटबार्तामा दिपक्षिय सरोकारका बिभिन्न बिषयमा छलफल भएको बताइएको छ ।

तेस्तै विदेशमन्त्री वाङले आजै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता भएको बताइएको छ । ।

आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणमा उनी ३ दिने नेपाल भ्रमणका लागि काठमाडौं उत्रिएका थिए। यसबीचमा उनले परराष्ट्रमन्त्री ज्ञवालीसँग द्विपक्षीय तथा प्रतिनिधमण्डलस्तरीय भेटवार्ता गरेका थिए। सो क्रममा चीन र नेपाल बीचमा ३ वटा सम्झौतामा हस्ताक्षरसमेत भएको थियो।

सोमबार साँझ विदेशमन्त्री वाङले प्रधानमन्त्री केपी शर्मा वलीसँग भेट गरेका थिए। सो क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण छिट्टै हुने विश्वास व्यक्त गरेका थिए।

प्रकाशित मिति : भदौ २४, २०७६ मंगलबार  ४ : ५८ बजे