काठमाडौं–
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ नेकपाले दल दर्ता गरेको छ।
बिहीबार अपराह्न नेकपाले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ ।
नेकपाका स्थायी समिति सदस्य तथा सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दल दर्ता गरिएको ब ताएका छन ।नेकपाको बुधबार बसेको सचिवालय बैठकले दल दर्ता गर्नका लागि महासचिव बिष्णु पौडेललाई जिम्मेवारी दिएको थियो।
निर्वाचन आयोगले भदौ १६ गते सूचना जारी गरी नयाँ दलका लागि दर्ता आह्वान गरेको थियो। आयोगले इच्छुक दललाई दर्ताका लागि भदौ मसान्तसम्मको समय दिएको छ।यसअघिको निर्वाचनमा सहभागी भइसकेका दलहरुले भने उपनिर्वाचनका लागि दल गर्नु पर्दैन। निर्वाचनपछि तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएका कारण दल दर्ता गर्नुपरेको हो।
एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक नगरपालिकाको प्रमुख, तीन गाउँपालिकाका अध्यक्ष, एक उपाध्यक्ष र ४२ वडाध्यक्ष गरी ५१ पदका लागि उपनिर्वाचन हुँदैछ।










