कांग्रेसको चेतावनी पछी बाके घटनामा संलग्न आक्रमणकारी नेकपाका कार्यकर्ताहरु पक्राउ



बाँके-

बाँकेकोे खजुरा गाउँपालिका वडा नं . २ सितापुर स्थित नेपाल रेडक्रसको हलमा  नेपाली कांग्रेसको हिमाल, पहाड, तराई राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रममा प्रबेश गरी हातपात गर्ने नेकपा कार्यकर्ताहरु पक्राउ परेका छन ।

नेपाली कांग्रेसले तत्काल पक्राउ गरी कार्बाही नगरे आन्दोलन गर्ने चेतावनी दिए सगै उनिहरुलाई बाँके प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो ।

कार्यक्रममा प्रवेश गरी विथोल्न खोजेको र हातपात गरेको आरोपमा तीन जनालाई बाके प्रहरिले पक्राउ गरेको छ ।आक्रमणको घटनामा संलग्न अन्य तीन जनालाई पनि प्रहरीले खोजिरहेको बाँकेको धनौनी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषण थपलियाले बताए।

कांग्रेस बाँकेले घटनामा संलग्नलाई पक्राउ गरेर कडा भन्दा कडा कारबाही नगरे आन्दोलन गर्ने चेतावनी दिइसकेको छ ।नेपाली कांग्रेस केन्द्रिय कार्यलयले हिजै बिज्ञप्ती निकालेर बढदो महंगी, भ्रष्टाचार, महिला हिसा, बलात्कार, हत्याका विरुद्ध, अलोकतान्त्रिक विधेयकका विरुद्ध र कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनका विरुद्ध नेपाली कांग्रेसले गरेको पहिलो र दोस्रो चरणका कार्यक्रमहरुमा उर्लदो जनलहर र जनसहभागिता देखेर सर्वसत्तावाद उन्मुख कम्युनिष्ट सरकार र उनीहरुका कार्यकर्ताहरु अतालिएको र स्वतन्त्र रुपमा कार्यक्रम गर्न पाउने संविधानप्रदत्त नागरिक र दलको अधिकारमाथि सत्तारुढ दल र सरकारले ठाडो उल्लंघन गरेको जनाएको थियो ।

तेस्तै  कांग्रेसका सबै शिर्ष नेताहरुले घटनाको भर्तसना गर्दै दोशिलाई कडा कार्बाही गर्न माग गरेका थिए ।

हिजो भएको नेकपा कार्यकर्ता हरुको आक्रमणबाट आक्रमणबाट बाँके कांग्रेस सभापति कोइरालाको बायाँ हात भाँच्चिएको छ। नेपालगञ्जस्थित वेष्टर्न अस्पतालमा उनको उपचार गरिएको थियो। सो अस्पतालका चिकित्सक डा विनोद थापाका अनुसार सभापति कोइरालाको हातको नाडीदेखि माथिको हड्डी भाँच्चिएकाले प्लाष्टर गरिएको छ।

 

प्रकाशित मिति : भदौ २७, २०७६ शुक्रबार  ७ : १७ बजे