युवा नेताहरु प्रति युवा नै असन्तुष्ट



अशोक दाहाल, ओखलढुंगा –

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य लिला बल्ललभ दाहाल काकाले युवा नेताहरुको व्यवहार प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

पार्टी नेतृत्वले कांग्रेसलाई अनिर्णयको बन्दी बनाएको भनेर युवा नेताहरुलाई पार्टीको केन्द्रीय समितिमा पठाएपनि पुराना नेताहरुलाइ खवरदारी गर्न नसकेको भन्दै उनले युवा नेताहरुको राजीनामा आवश्यक भैसकेको बताएका हुन् । नेपाली कांग्रेस एउटा सिंगो शरिर भएपनि यसको हात खुट्टा नेविसंघ र तरुणदल भएकाले यि भातृसंस्थाहरुलाई नेतृत्वले सिध्याएको भन्दै नेतृत्वको चर्को आलोचना गरे ।  दाहालले पार्टी हित विपरित काम गर्ने पुराना नेताहरुलाई सच्याउनदै शशक्त पार्टी निर्माणका लागि युवाहरुलाई पठाएपनि उनिहरु नेताहरुकै पछाडी लागेको आरोप लगाए ।

पुराना पुस्ताका नेताहरुको पछि पछि लागेर पार्टीलाई अनिर्णयको बन्दी बनाउन गगन थापा विश्वप्रकाश शर्मा लगायतका युवानेताहरु समेत लागेको भन्दै विद्यार्थी तथा तरुण नेताहरुले उनिहरुको राजीनामा माग गर्ने परिस्थिति बन्न सक्ने दाहालले बताए । पार्टीले सुरु गरेको जागरण अभियानमा युवा तरुण तथा विद्यार्थी नेताहरुलाई समेट्न नसकेको समेत उनले नेतृत्वलाई आरोप लगाए ।

पार्टीले भातृ संस्थाहरुको नियमित अधिवेशन गर्ने र संगठनलाइ चलाइमान बनाउनुको सट्टा संगठनलाई पूर्ण रुपमा सिध्याएको दाहालले आरोप लगाएका हुन् ।

प्रकाशित मिति : भदौ २७, २०७६ शुक्रबार  ३ : २० बजे