तरुण दलको बिबाद छताछुल्ल : पार्टिले छिटै आवश्यक निर्णय गर्ने



काठमाडौं-

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत र महासचिब महासचिव भूपेन्द्रजंग शाही दुबैले विज्ञप्ति जारी गर्दै एक अर्कालाई बर्खास्त गरेको जनाएका छन ।

शनिबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष बस्नेतले महासचिव शाहीलाई हटाएको जानकारी गराएका थिए । ।पदीय मर्यादा, जिम्मेवारी र आचरणविपरीत काम गरेको भन्दै हटाएको जानकारी अध्यक्षले जारी गरेको वक्तव्यमा उल्लेख छ।

अध्यक्ष बस्नेतले महासचिवबाट बर्खास्त गरेको भन्दै बिज्ञप्ती जारी गरेको  प्रतिकृयास्वरुप  महासचिव भुपेन्द्रजंग शाहीले पनि बिज्ञप्ती जारी गर्दै अध्यक्षलाई कार्बाही गरेको जनाएका छन ।महासचिब शाहिले  बिज्ञप्तिमा अध्यक्ष जितजंग बस्नेतले भ्रष्टचारविरोधी गतिविधिलाई बेवास्ता गरेर तरुण दलको बर्तमान दायित्व निर्बाह गर्न नसकेकोले कार्बाही गरिएको जनाएका छन ।

अध्यक्ष जितजंग बस्नेतले भ्रष्टचारविरोधी गतिविधिलाई बेवास्ता गर्दै आएको भन्दै महासचिव भुपेन्द्रजंग शाहीले भदौ २२ मा विज्ञप्ति निकालेपछि विवाद सतहमा आएको थियो।

तरुण दलको केन्द्रिय समिती बिस्तारको बिशयमा पार्टिका नेताहरुले समेत छलफल शुरु गरेको पछिल्लो अवस्थामा अध्यक्ष र महासचिबले कसैलाई गर्ने कार्बाहिको निर्णयले आधाकारिक हैसियत राख्ने भन्दा पनि त्यसले राजनितिक बिबाद निम्त्याउने रुपमा बुझ्नु पर्ने तरुण दलका एक पूर्व अध्यक्षले न्यू सञ्चारलाई बताए । तरुण दलका बर्तमान अध्यक्ष र महासचिबको बिबादको अन्तिम टुङ्गो पनि पार्टी नेताहरुको छलफलबाटनै लाग्ने अवस्था रहेको उनले  बताए ।

नेपाल तरुण दलको बर्तमान केन्द्रिय समिती  तरुन दलको बिधान अनुसार  पार्टी नेताहरुको सहमतीबाट बनेकोले राजनितिक सहमतिबाट महासचिब बनेका शाहिलाई अध्यक्ष बस्नेतले कार्बाही गरेर हटाउन मिल्ने  कुनै बैधानिक ब्यबस्था दलको बिधानमा  छैन ।

तरुण दलका अध्यक्ष र महासचिबका आ- आफ्ना दाबीहरुले तरुण दलको आधिकारिक निर्णयको हैसियत नराख्ने र अब छिट्टै शिर्ष नेताहरुको तहमा हुने छलफलले तरुण दल भित्रको बिबादका बिषयमा कुनै निर्णय गर्ने  पार्टी निकट श्रोतले पनि न्यू सञ्चारलाई बतायो ।

देशमा कम्युनिष्ट सरकारले लुटको खेती मच्चाइरहदा सङ्गठनलाई मजबुत बनाउदै जनताको पक्षमा काम गर्न छोडेर एक अर्कालाई कार्बाही गर्ने गराउने शैलिले पार्टिका भात्री संस्थाहरुलाई थप कमजोर बनाउने गरी बाद- बिबादमा उत्रीनु गलत भएको समेत पार्टिका नेताहरुले बताए ।

नेपाली कांग्रेसको सबै भन्दा शक्तिशाली भात्री संस्था नेबीसंघ लामो समय देखी बिघठित अवस्थामा रहेको छ भने अन्य भात्रीसंस्था पनि बिबादित हुँदा पार्टिलाई नराम्रो असार परेको पार्टी नेता कार्यकर्ताहरुले गुनासो गर्दै आइ रहेका छन ।

अध्यक्ष  बस्नेतको  विज्ञप्ति-

 

महासचिव शाहीको  विज्ञप्ति-

 

 

प्रकाशित मिति : भाद्र २८, २०७६ शनिबार  १२ : ५३ बजे