काठमाडौं-
नेपाली काँग्रेसले बाकेमा भएको कार्यक्रममा आक्रमण गर्ने नेकपा कार्यकर्तालाई कडा कारवाही गर्न सरकारसँग माग गर्दै काठमाडौंको माइतिघरमा प्रर्दशन गरेको छ ।
प्रदर्शनमा सहभागीहरुले ‘प्रधानमन्त्री ज्यू, यहाँको राज्यमा को सुरक्षित छ ?’ भनि प्रश्न गरिएको प्ले कार्ड सहित प्रदर्शन गरेका थिए । उनीहरुले नागरिकलाई शान्ति सुरक्षा दिन पूर्णत असफल भएको दावी गर्दै सरकारको विरुद्ध चर्का नाराबाजी गरेका थिए ।
नेपाली काँग्रेसको नेपालजञ्जमा बिहीबार भएको नेपाली काँग्रेसको कार्यक्रममा नेकपा कार्यकर्ताहरुले गरेको आक्रमणका दोशिलाई कडा कार्बाहिको माग गर्दै नेपाली कांग्रेस काठमाडौं, भक्तपुरको अगुवाइमा विरोध प्रर्दशन गरिएको हो ।
घटनामा संलग्न कार्यकर्तालाई सरकारले कार्वाही नगरे आफूहरुले पानीमुनि पुगे पनि नछाडने कांग्रेसका उपत्यका शभापतिहरुले सरकारलाई चेतावनी दिए ।








