प्रधानमन्त्री ओलिलाई काँग्रेसको प्रश्न : प्रधानमन्त्री ज्यू, यहाँको राज्यमा को सुरक्षित छ ?



काठमाडौं-

नेपाली काँग्रेसले बाकेमा  भएको कार्यक्रममा आक्रमण गर्ने नेकपा कार्यकर्तालाई कडा कारवाही गर्न सरकारसँग माग गर्दै काठमाडौंको माइतिघरमा प्रर्दशन गरेको छ ।

प्रदर्शनमा सहभागीहरुले ‘प्रधानमन्त्री ज्यू, यहाँको राज्यमा को सुरक्षित छ ?’ भनि प्रश्न गरिएको प्ले कार्ड सहित प्रदर्शन गरेका थिए । उनीहरुले नागरिकलाई शान्ति सुरक्षा दिन पूर्णत असफल भएको दावी गर्दै सरकारको विरुद्ध चर्का नाराबाजी गरेका थिए ।

नेपाली काँग्रेसको नेपालजञ्जमा बिहीबार भएको नेपाली काँग्रेसको कार्यक्रममा नेकपा कार्यकर्ताहरुले गरेको आक्रमणका दोशिलाई कडा कार्बाहिको माग गर्दै नेपाली कांग्रेस काठमाडौं, भक्तपुरको अगुवाइमा विरोध प्रर्दशन गरिएको हो ।

घटनामा संलग्न कार्यकर्तालाई सरकारले कार्वाही नगरे आफूहरुले पानीमुनि पुगे पनि नछाडने कांग्रेसका उपत्यका शभापतिहरुले सरकारलाई चेतावनी दिए ।

प्रकाशित मिति : भदौ २८, २०७६ शनिबार  २ : ०७ बजे