राज्यको ढुकुटी रित्याएर नयाँ कम्युनिस्ट वर्ग जन्मिदै छ : काँग्रेस वरिष्ठ नेता पौडेल



न्यू सञ्चार संवाददाता, काठमाडौं –

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारका कारण देशमा आफ्नो कर्मले भन्दा राज्य श्रोत र राज्यको ढुकुटी रित्याएर नयाँ सामन्ती कम्युनिस्ट वर्ग जन्मिन लागेको बताएका छन ।

बिपी जयन्तीको असरमा कीर्तिपूरमा आयोजितक एक कार्यक्रमा नेता पौडेलले भ्रष्टाचार र राज्यशक्तिको दुरुपयोग गरी कम्युनिष्ट बर्ग जन्मिन लागेको बताएका हुन ।वरिष्ठ नेता पौडेलले नेकपा नेताहरुको बिलाशी मानसिकता हेर्दा अहिले तेस्तो आभास हुन थालेको उल्लेख गरे ।

नेता पौडेलले भने ‘जनाता को अवस्थाअ प्रती कुनै चासो छैन ,डेङ्गुको महामारी फैलिएको छ ,जताततै भ्रष्टाचार फैलिएको छ तर सरकारलाई त्यसको कुनै पर्बाह देखिएन’

फरक प्रसङ्गमा बोल्दै बारीष्ठा नेता पौडेलले कम्युनिस्ट नेतृत्वको सरकारले व्यवस्थाप्रति नै वितृष्णा फैलाउन लागेको बताउदै सरकारका कारण ब्यबस्था माथी निरन्तर खतरा बढ्दै गएको आरोप लगाए ।

दुई तिहाईको सरकारले केही काम गर्न नगर्दा आम नागरिकमा राजनीतिप्रति वितृष्णा बढ्दै गएको भन्दै व्यवस्थामाथि नै खतरा उत्पन्न हुने अवस्था आएको बताए ।उनले भने, ‘सरकारले समाजवादको मुल मर्म नै बुझेन । कृषिलाई केन्द्रमा राखेर नीति बनाउन आवश्यक थियो । त्यो गर्नै सकेन । भ्रष्टचारबाट आजित जनतालाई राहत दिन सकेन् । सरकारका कारण राजनीतिप्रति जनतामा वितृष्ण फैलिन सुरु भएको छ । यसो हुँदा व्यवस्थाप्रति नै वितृष्ण बढ्दै गएर व्यवस्था नै खतरामा पर्छ ।’

नेता पौडेलले सरकार अहिले जानी जानी व्यवस्थाप्रति वितृष्णा फैलाउन लागेको हो कि भन्ने शंका उत्पन्न हुन थालेकोबताए । फरक प्रसंगमा नेता पौडेलले पार्टीको जागरण अभियानमा काम भन्दा बढी प्रचारमुखी भएको टिप्पणी गरे ।उनले भने, ‘जागरण अभियान संगठनात्मक हुन नसक्नु दुर्भाग्यपूर्ण हो । तर जागरण अभियानले संगठनलाईं केन्द्रमा राख्न सकेको छैन् । पार्टी संगठनलाई मुल मर्ममा राखेर निर्वाचित जनतप्रतिनीधिले काम गर्न जरुरी छ ।’

साथै नेता पौडेलले विकासको आधार भनेको जनता केन्द्रीत हुनपर्नेमा जोड दिए । ‘विकासको आधार जनता केन्द्रीत हुनुपर्छ । अहिल कम्युनिस्ट सरकारले नयाँ वर्ग जन्माउन खोज्दै छ । निमुखालाई न्याय र विपन्नलाई आय नै अहिलेको मुल नारा हुन जरुरी छ,’ उनको भनाइ थियो ।

प्रकाशित मिति : भाद्र २८, २०७६ शनिबार  ३ : २२ बजे