काठमाडौं –
आज बस्ने प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।
उनले मन्त्रालयका कामकारबाहीबारे सांसदहरूलाई उत्तर दिन लागेका हुन् ।
त्यस बाहेक आजको बैठकमा गृह मन्त्री रामबहादुर थापा बादलले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन’ र ‘प्रहरी समायोजन विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन’ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।








