इटहरी नेकपामा भाँडभैलो, पार्टी कार्यालयहरुमा जताततै तालाबन्दी



इटहरी-

इटहरी नेकपामा भाँडभैलो मच्चिएको छ ।नेता सुजन लामाको नेतृत्वमा सुरु भएको पार्टी शुद्धीकरण अभियानका नाममा इटहरी नेकपामा भाडभैलो मच्चिएको हो ।

इटहरी नेकपामा बिबाद बढ्दै गएपछी गत भदौ १२ गते नेकपा इटहरी कार्यालयमा लागेको ताला खुल्न नपाउँदै सोमबार प्रदेश कार्यलयमा ताला लागेको छ।

सुजन लामाको नेतृत्वमा सुरु भएको पार्टी शुद्धीकरण अभियानलाई प्रदेश स्तरका नेताहरुले समेत समर्थन जनाए पछी भाडभैलो थप पेचिलो बन्दै गएको छ । प्रदेश सदस्य रेवतीरमण भण्डारी, सर्वध्वज साँवा, जिल्ला सदस्य याम सुब्बा, प्रदेश सांसद लिलम बस्नेत र युवा नेता चन्द्र न्यौपानेले पार्टी शुद्धीकरण अभियानलाई समर्थन गरेका छन्।कुनै पनि योगदान नपुर्‍याएकालाई टीके प्रथाबाट मनोनीत गर्ने प्रचलन बढेकाले विद्रोह गर्न बाध्य भएको अभियानकर्मिहरुले बताउने गरेका छन ।

शुद्धीकरण अभियानका प्रमुख अभियन्ता सुनिल कार्कीका अनुसार पूर्वनिर्धारित कार्यक्रम बमोजिम नै ताला लगाइएको हो। अब भदौ ४ गते इटहरीमा आमसभा गर्ने र ५ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।

प्रदेश सांसद बस्नेतले पार्टीमा स्वेच्छचारिता मौलाउँदै गएकाले त्यसको विरुद्धमा लाग्नुपरेको बताए।

प्रकाशित मिति : भाद्र ३१, २०७६ मंगलबार  १२ : ११ बजे