काठमाडौं-
पर्याप्त शौचालय व्यवस्था नगरी खुला दिसामुक्त घोषणा गर्दा विवादमा पर्ने डरले काठमाडौं जिल्ला समन्वय समितिले मंगलबार आयोजना गरेको काठमाडौं जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रमस्थलमा पुगेकाअ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल कार्यक्रममा नबसी हिडेका छन ।
प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरिएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कार्यक्रम नै बहिष्कार गरेका छन् ।
काठमाडौं जिल्ला समन्वय समितिले मंगलबार आयोजना गरेको उक्त कार्यक्रममा भाग लिन पोखरेल कार्यक्रमस्थल राष्ट्रियसभा गृह पुगेका थिए । तर उनी समारोह भइरहेको कक्षमा प्रवेश नगरी फर्के ।
पर्याप्त शौचालय व्यवस्था नगरी खुला दिसामुक्त घोषणा गर्दा विवादमा पर्ने डरले उनी कार्यक्रमस्थलबाट ‘जरुरी काम परेको’ निहुँ पारेर हिँडेका थिए ।
जिल्ला समन्वय समिति सदस्य दीपककुमार केसीले रक्षामन्त्री कार्यक्रमस्थलमा आएको जानकारी दिँदै भने, ‘प्रमुख अतिथिका रुपमा रक्षामन्त्री कार्यक्रममा आउनु भएको थियो, सार्वजनिक शौचालय व्यवस्थित नगरी जिल्लालाई खुला दिसामुक्त घोषणा गर्दा मिडियामा आलोचना हुने भएपछि उहाँ फर्कनुभयो ।










