काठमाडौं-
नेपालको संविधान बनेको चार वर्ष पूरा भएको छ।
संविधानसभाबाट जनाताका प्रतिनिधिहरुले संविधान बनाउने मुद्दा २०००७ साल देखीनै उठेको थियो तर धेरै खाले राजनितिक कारणले त्यो सम्भब हुन सकेन ।
२०६२/६३ को जनआन्दोलन पछी बनेको सरकारले नेपालमा संविधानसभाको निर्बाचन गराए पछि जनप्रतिनिधिहरुले संविधान बनाउन शुरु गरेका थिए ।
पहिलो पटक २०६४ चैत २८ गते निर्वाचन भई गठन भएको संविधानसभा चार वर्षपछि बिना उपलब्धि विघटन भएको थियो। संविधानसभाका लागि दोस्रो पटक २०७० मंसिर ४ गते निर्वाचन भएको थियो। पहिलो संविधानसभाले संविधान बनाउन नसकी बिघठन भएपछी भएको दोश्रो संविधानसभाले नेपालको बर्तमान संविधान जारी गरेको थियो ।
संविधान बनाउने प्रक्रीयाको नेतृत्व तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाले गरेका थिए ।प्रधानमन्त्रीका हैसियतमा कोइरालाले प्रदान गरेको नेतृत्व र सुझ्बुझापुर्ण निर्नय तथा कोइरालाले लिएको सहनशिलता सहितको मेलमिलापको राजनितिक नितीकै कारण संविधान जारी हुन सफल भएको हो ।
संविधान जारी हुने बेला विभाजित भएका दलहरु र संविधानसभा नै बहिष्कार गर्ने शक्तिहरुलाई मनाएर जारी गर्नुपर्ने चुनौतिपुर्ण काम कोइरालाको दृढ अठोट र राजनितिक बिबिधता भित्र एकता र सहकार्य खोज्ने र त्यसमा अडिग रहने नितिकै कारण संविधान बन्न सफल भएको तत्कालिन राजनितिक घटनाका जानकारहरुले बताउने गरेका छन ।
२०७२ असोज ३ गते संविधानसभाले बनाएको संविधान तत्कालीन राष्ट्रपति रामवरण यादवले जारी भएको घोषणा गरेका थिए।
संविधान घोषणा भएको चार वर्षमा संविधान अनुरुपमा संरचनाहरु बनेर कार्यान्वयनमा भइरहेका छन्। संघीय प्रणाली अनुरुप सातै वटै प्रदेश र ७ सय ७३ वटा स्थानीय तह पनि सञ्चालनमा छन्।
यसैबिच संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेकाे संविधान दिवस मूल समारोह समितिले विशेष समारोह आयोजना गरी संविधान दिवस मनाइदै छ भने दिवसकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतले शुभकामना ब्यक्त गर्दै संविधान कार्यान्वयनको प्रतिबद्धता समेत जनाइएका छन ।








