भक्तपुर–
नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेकपा अध्यक्ष प्रचण्ड नेपालका नेता हुन् कि भारतिय दुत हुन छुट्ट्याउन गार्हो भएको बताएका छन ।
बिजुक्छेले आफ्नो पार्टी नेमकिपाको सातौँ महाविधेशनको उद्घाटनमा बोल्दै नेकपा अध्यक्ष प्रचण्ड र पूर्व माओबादी पार्टी प्रती आक्रोस पोखेका हुन ।
बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टिको शुक्रबारबाट भक्तपुरको सल्लाघारीमा सातौँ महाविधेशन शुरु भएको छ ।
महाधिबेशन उद्घाटन समारोहलाई गरेको सम्बोधनमा बिजुक्छेले अधिकाम्स समय प्रचण्डको कटाक्षमा खर्च गरेका थिए ।अहिलेको नेकपाले अस्तित्व जोगाउन सिद्धान्तहिन राजनीति गरिरहेको बिजुक्छेको आरोप लगाए । ‘सडकमा हुँदा सीमा विवादको विषयमा कराउने वर्तमान नेकपाका नेताहरु सरकारमा गएपछि चुइँक्क बोल्दैनन्,’ बिजुक्छेले भने ।
बर्तमान नेकपा कुनै कम्युनिष्ट पार्टी नभएको जिकिर गर्दै बिजुक्छेले भने बन्दुक बोक्नेनै कम्युनिष्टको कसी हुने भए पृथ्वीनारायण शाह, राणा शासक, काँग्रेस सबै कम्युनिष्ट हुने थिए भन्दै बिजुक्छेले प्रश्न गरे, के उनीहरु पनि अब कम्युनिष्ट हुने भए त रु अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको संसदमा विरोध गर्नु क्रान्तिकारी संसदवाद भएको बिजुक्छेको भनाई छ ।
बिजुक्छेले भारतले खुल्ला सीमाकै दशगजामा पाँच दर्जन भन्दा धेरै बाँध बनाउने कार्यको पार्टीले निरन्तर विरोध गर्दै आएको बताए ।
नेमकिपामा सातौं महाधिवेशनले विधान संशोधनसहित विभिन्न दस्तावेज पारित गर्दै नयाँ कार्यसमिति निर्वाचित गर्ने बताइएको छ ।








