काठ्माण्डौ-
नेपाली कांग्रेसले चलाएको दोस्रो चरणको जनजागरण अभियानका क्रममा यो हप्ता मात्रै देशैभरिका बिभिन्न जिल्लामा अन्य पार्टी परित्याग गरी हजारौले कांग्रेस प्रबेश गरेका छन ।
बिशेश गरी बिभिन्न जिल्लामा नेकपा परित्याग गरी कांग्रेसमा प्रबेश गर्ने क्रम बढेको देखिएको छ ।जनातामा बढदै गएको बर्तमान सरकार प्रतिको निरासा बि स्तारै नेकपा नेता कार्यकर्ताहरुमा समेत देखिन थालेको छ ।
सरकार र नेकपा नेतृत्व प्रतिको असन्तुष्टिले नेकपा नेता र कार्यकर्तामा समेत बिचलन दिखिदै पार्टी छोड्ने क्रम बढेको बिभिन्न जिल्लाबाट प्राप्त भएका समाचार र तथ्याङ्कहरुले देखाएका छन ।
यसै बिच नेपाली नेपाली कांग्रेसले चलाएको दोस्रो चरणको जनजागरण अभियानका क्रममा यसै हप्ता अर्घाखाची जिल्लाको पाणिनी गाउँपालिकामा पूर्व एकीकृत माओवादीका वडाध्यक्ष र सदस्य पदका उम्मेदवारसहित ५ सय ७९ जनाले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।गता स्थानीय तहको निर्वाचनमा तत्कालीन एकीकृत माओवादीबाट वडाध्यक्षका उम्मेदवार नुरमोहमद अली र सदस्यका उम्मेदवार मधु पन्तसहितका ५ सय ७९ जना कांग्रेसमा प्रवेश गरेको अर्घखाँची कांग्रेसका सभापति विष्णु खनालले जानकारी दिएका छन् ।
तेस्तै अभियान अन्तर्गत कैलालीको क्षेत्र नं . १ ‘क’को जोशीपुर गाउँपालिकामा झण्डै पचास जना नेकपा लगायत अन्य विभिन्न राजनीतिक दल परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
यसै गरी बाके जिल्लाको राप्ती सोनारीस्थित नेकपाका क्षेत्रीय सदस्य मनोज बैश्य, राप्तीसोनारी १ निवासी नेकपाका स्थानीय नेता एवम् तत्कालिन स्थानीय तह निर्वाचनमा वडा सदस्यका उम्मेदवार जनक खड्का, राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ निवासी बिनोद चौधरी, दीपक राना, सुकराम राना, दुर्गा बिक, ससिराम राना, संगिता बिक, सुमन बिक, धनकुमारी बुढाथोकी, सपना बिक तथा कोहलपुर ११ का सिताराम थारु, गणेश खत्री, गोपाल लम्साल, कोहलपुर १० का प्रेमराज भट्टराई तेस्तै कोहलपुर ८ पिपरी निवासी शिवलाल बुढा, पविक बिक, हुमकली डाँगी, प्रेमकुमारी चौधरी, कोहलपुर १५ का प्रेमप्रसाद बोहरा, कोहलपुर १३ का बिरसिंह घर्ती, कोहलपुर ११ बसपार्कका कबिन्द्र भट्टराई, कृष्ण रेग्मी, कोहलपुर १ कौशिलानगरका यमबहादुर थापा, प्रदिप शाही, गगन गुरुङ, देवबहादुर थापा, भरत दर्लामी, अर्मन सुनार, गोविन्द केसी, अजित नेपाली, किसन बस्नेत, लगायत ठुलो सङ्ख्यामा नेकपा नेताकार्यकर्ताहरु कांग्रेसमा प्रबेश गरेका छन ।
त्यसै गरी सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा सत्तारुढ नेकपा परित्याग गरी पुष्पलाल कटेल, दण्डीकेशर कटेल,टेक प्रसाद कटेल,चुडामणि कटेल,नवराज कटेल, थिलकुमार कटेल, माधव कटेल, मैया कटेल, ऋखिराम कटेल, ख्यामराज कटेल, मिन कुमारी कटेल, दिनेश कटेल, महेश कटेल, शम्भु कटेल, सम्झना पराजुली कटेल, विश्व कटेल, घनश्याम बास्ताेला, मिन कुमार कटेल र माधव कटेल कांग्रेसमा प्रबेश गरेका छन ।
त्यसै गरी नेपाली कांग्रेसको दोस्रो राष्ट्रिय जागरण अभियान अन्तर्गत दार्चुलाको दुहुँ गाउँपालिकामा तत्कालिन एमालेका वडा अध्यक्ष दलबहादुर बम, नेता जनक बहादुर बम, चन्द्र सिंह बोहरा, इन्द्र सिंह बोहरा, वडा नम्बर ५ का धन बहादुर कुँवर (मुखिया), वडा नम्बर ३ का विरपल जोशी , कमला बोहरा, मानबहादुर बम, केशव बम, पवित्रा बम, डब्बलराम लोहार (चट्टान), चन्द्रराम लोहार, दनुराम लोहार, मिना लोहार, विक्रमबहादुर कुँवर, रमेश सिंह लोथ्याल, रामबहादुर कुवर र उदमराम लोहार लगायत ३५ जना नेता कार्यकर्ताले नेकपा परित्याग गरी कांग्रेस प्रवेश गरेका छन ।
यसै गरी अभियान अन्तरगत ओखलढुंगा जिल्लाको बलखु सुनकोसी गाउँपालिकाको वडा नम्बर २ मा नेकपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूमा मेखबहादुर तमाङ, सुब्बासिंह तामाङ, टपेन्द्र तामाङ, पदमबहादुर तामाङ लगायत थुप्रै नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको ओखलढुंगा कांग्रेसका सभापति प्रदीप सुनुवारले जानकारी दिएका छन ।
तेस्तै पाँचथरको मिक्लाजुङ र तुम्बेवा गाँउपालिकामा जारी नेपाली काङ्ग्रेसको जनजागरण अभियानको क्रममा शुक्रवार नेकपाका पूर्व निर्वाचित गाविस उपाध्यक्ष डिल्ली राम राईको नेतृत्वमा १५० भन्दा बढि नेता कार्यकर्ताहरु काङ्ग्रेस प्रवेश गरेका छन् ।
ललितपुर धादिङ लगायत अन्य थुप्रै जिल्लाहरुमा पनि नेकपा लगायत अन्य बिभिन्न पार्टी छोडेर दर्जनौ कांग्रेस प्रवेश गरेका छन ।








