काठ्माण्डौ-
नेपाली कांग्रेसले यही असोज १० गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठका बस्न लागेको जनाउदै प्रेस बिज्ञप्ती जारी गरेका छन ।उनले उक्त बैठकमा उपस्थितिका लागी केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनुरोध गरेका छन ।
बैठकमा बर्तमान राजनितिका बिभिन्न समक बिषयहरुमा छलफल हुनेछ । तेस्तै बैठकमा पार्टिले चलाईरहेको ‘हिमाल, पहाड, तराई नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरणका कार्यक्रमका प्रभाबकारिताका बारेमा समेत छलफल हुने छ ।
त्यसै गरी पछिल्लो समय नेपाल तरुण दल भित्र बढी रहेको बिबाद र नेविसंघको तदर्थ केन्द्रीय कार्यसमिति गठन गर्ने बिषयमा पनि छलफल हुने कांग्रेसका एक केन्द्रिय सदस्यले न्यू सञ्चारलाई बताए ।बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी एकीकरण सम्बन्धमा पनि छलफल हुनेछ ।
यधपी नेविसंघको तदर्थ समिति गठन गर्न यस अघी नै केन्द्रिय समितिले शभापती शेर बहादुर देउबालाई जिम्मेवारी दिइ सकेको छ ।








