काठमाडौं-
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्बाचनबाट संघको अध्यक्षमा नेपाली कांग्रेस निकट विष्णु गैरे निर्वाचित भएका छन्।
नबनिर्बाचित गैरेले बामपन्थी निकट उम्मेदवार सरोज पोखरेललाई पराजित गरेका हुन ।
बामपन्थी उम्मेद्द्वार पोखरेलले २सय ८३ मत प्राप्त गर्दा नेपाली कांग्रेस निकट गैरेले ३ सय ३० मत प्राप्त गर्दै फराकिलो मतान्तरले बिजय भएका हुन ।गैरे नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्वअध्यक्ष पनि हुन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको १७ सदस्यीय कार्यसमितिका सबै पदाधिकारीहरु पनि कांग्रेस निकटका निर्वाचित भएका छन्।तेस्तै कार्यसमिती सदस्यहरु पनि कांग्रेस निकट समुहबाटै निर्बाचित भएका छन ।
संघको पूर्व उपाध्यक्षसमेत रहेका गैरे नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्वअध्यक्ष पनि हुन्। प्रथम उपाध्यक्ष पदमा लोकतान्त्रिक समूहकै कमल तामाङले ३सय ८१ मत प्राप्त गर्दै विजयी भए। उनको प्रतिद्वन्द्वी हरिबहादुर पाण्डेले २ सय ३० मत ल्याएका थिए।द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल विजयी भएका थिए। मल्लले ३सय २२ मत ल्याउँदा उनको निकटम प्रतिद्वन्द्वी मुक्तिनाथ अधिकारीले २ सय ८७ मत ल्याएका थिए।यसैगरी तृतीय उपाध्यक्षमा किशोर कुमार केसी निर्वाचित भएका छन्। किशोरले ३ सय ६० मत प्राप्त गर्दा उनको निकटम प्रतिद्वन्द्वी अख्तर हुसेनले २ सय ४४ मत ल्याएका थिए। महासचिवमा पनि लोकतान्त्रिक प्यानलकै सुजितकुमार श्रेष्ठ निर्वाचित भए। उनले ३ सय ८८ मत ल्याउँदा नेकपा प्यानलका उम्मेदवार रामचन्द्र गिरिले २सय २३ मत प्राप्त गरे।
सचिवमा मेघनाथ भुर्तेल विजयी भएका छन्। भुर्तेलले ३ सय ३३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सन्जु गुरुङले २सय ७३ मत ल्याए। कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी भइन्। उनले ३ सय ६७ मत प्राप्त गर्दा उनकी प्रतिद्वन्द्वी तेजुमाया लिम्बूले २३८ मत प्राप्त गरिन्।
कांग्रेस निकट समुहलाई निर्बाचनमा सहयोग पुर्याउन नेता रमेश लेखकले कांग्रेसको तर्फबाट आवश्यक समान्वय र सहयोग गरेका थिए ।








