दाङ
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको सिद्धान्तको कुनै टुङ्गो नभएको बताएका छन ।
नेपाली कांग्रेसले दाङमा आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले अनेक खालका जनताले बुझ्नै नसक्ने सिद्दान्तको ब्याख्या मार्फत जनता झुक्याएर राज्यसत्तामा पुग्ने र सत्ताको दुरुपयोग गर्ने गरेको आरोप लगाए ।

नेपालामा कम्युनिष्टहरुले पटक पटक जात्, धर्म, क्षेत्रको कुरा उठाएर जनाताको बिचको एकता र सद्भाब पनि खल्बल्याउन खोजेको उल्लेख गरे ।
पौडेलले भने– ‘समाजवाद उन्मुख राज्य भन्दै हिडेका छन कम्युनिष्टहरु तर नेपालको समाजवाद के हो भन्ने सक्दैनन । केहिले के कहिले के भनेर छलछाम गर्दै हिडेका छन् । जनतालाई गुमराहमा राख्ने काम गरिरहेका छन् । आफुहरु सिद्धान्तमा नै कन्फुज भएपछि जनतालाई पनि कन्फुजनमा राख्ने प्रयास गरिरहेका छन् ।’
कम्युनिष्टहरु हिजोसम्म माक्र्सवाद, लेनिनवाद, जनताको बहुदलिय जनवाद, प्रचण्डपथ जनताको जनवाद हुँदै अहिले सी पथमा पुगेको नेता पौडेलाले बताए । वरिष्ठ नेता पौडेलले भने समाजवाद उन्मुख राज्य भन्दै हिडेका छन् कम्युनिष्टहरु तर नेपालको समाजवाद के हो भन्ने सक्दैनन् ।’उनले कम्युनिष्टहरुको सिद्धान्तको टुंगो नलागेका कारण मुलुकलाई अगाडि बढाउन नसकेको बताए ।

वरिष्ठ नेता पौडेलले कांग्रेस सरकारले सम्पन्न गरेका योजनाहरु उदघाटन गर्ने अनि त्यही मञ्चबाट कांग्रेसलाई गाली गर्ने भन्दा कम्यनिष्ट नेताहरुले केहि काम गर्न नसकेको बताए ।उनले भने– ‘सरकार बनेको यति समयसम्म पनि केहि काम गर्न सकेको छैन । अहिलेसम्म जनताले हत्या, बलत्कार, हिंसा भ्रष्टाचार भन्दा केहि पाएका छैनन् । कम्युनिष्टले जनतालाई दिएको उपहार यीनै हुन् ।’
कम्युनिष्ट नेताहरु फेरि अर्को आन्दोलन आवश्यक भएको बताउदै हिड्न थालेका भन्दै यो अर्को मुर्खता मात्रै हुने पौडेलल बताए ।








