काठ्माण्डौ-
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम युबा नेता प्रदीप पौडेलले चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमण निन्दनीय भएको बताएका छन् ।
नेकपाका पूर्व वाइसिएल कार्यकर्ताहरुले शाहिमाथी गरेको आक्रमणलाई नेता पौडेल ले अभिब्यक्ती स्वतन्त्रता माथिको आक्रमणको रुपमा टिप्पणी गरेका छन ।
वाइसिएल कार्यकर्ताहरुले शाहिमाथी गरेको आक्रमणको घटनाप्रती सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गर्दै नेता पौडेलले कुनै पनि बाहानामा कसैले कसैको स्वतन्त्र रूपमा बिचार राख्न पाउने अधिकारलाइ हनन गर्न नसक्ने उल्लेख गरेका छन ।
नेता पौडेलले असहमत बिचार राख्नेलाई बिचार राख्ने स्वतन्त्रताबाट बन्चित गर्न नपाइने र कुटेर कसैको आवाज बन्द गर्न पाइदैन भनेका छन ।
शनिबार भरतपुरको चौविसकोठीमा नेकपाका पूर्व वाइसिएल कार्यकर्ताहरुले ढुङ्गा, रड, लाठी प्रहार गरी माइक्रोबसभित्र रहेका शाहीसहितको समूहमाथि आक्रमण गर्दा शाही गम्भिर घाइते भएका थिए । ।
चाहे जुन सुकै बाहानामा होस कसैले कसैको पनि स्वतन्त्र रूपमा बिचार राख्न पाउने अधिकारलाइ हनन गर्न सक्दैन।ज्ञानेन्द्र शाहिको बिचार संग असहमत हुन पाइन्छ तर उनलाइ बिचार राख्ने स्वतन्त्रताबाट बन्चित गर्न पाइदैन। कुटेर आवाज बन्द गर्न सकिदैन अंरिगालहरूलाई ख़्याल होस।
— Pradip Paudel (@paudelpradipNC) September 29, 2019
सम्बन्धित समाचार –
ज्ञानेन्द्र शाही रिहा : नेकपा कार्यकर्ताको निशानामा पर्ने खतरा














