जाने नै भयो सभामुख महराको पद : महाराले राजिनामा दिनुपर्ने प्रचन्ड सहितका नेताहरुको निष्कर्ष



काठमाडौं–

सभामुख कृष्ण बहादुर महरामाथी बलत्कारको आरोप लागेपछी नेकपा अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बदेको बैठकले सभामुख महराले राजिनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।

प्रचण्डसहित प्राय पूर्वमाओवादी निकटका नेताहरु सहभागी बैठकमा गम्भीर आरोप लागिपसेपछि सभामुख महराले राजीनामा दिएर छानबिनमा सघाउनु पर्ने धारणा नेताहरुले राखेका छन् ।

महराले राजीनामा दिनुपर्ने सुझाव बैठकले दिएको बैठकमा सहभागी एक नेताले बताएका छन ।

बैठकलगत्तै नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । ओली र प्रचण्डबीच यस विषयमा कसरी अघि बढ्ने भन्नेबारे छलफल भइरहेको बताइएको छ ।

सभामुख महरामाथि संसद सचिवालयकी एक महिलालाई जबर्जस्ती करणी गर्न खोजेको आरोप लागेको छ ।

यसै बिच सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकै एक महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछी शभामुख महरा माथी तत्काल राजिनामा गर्न दबाब बढेको छ ।बिभिन्न सञ्चारमाध्यमहरु र सामाजिक सञ्जालमा उनले राजिनामा दिएर छानबिनलाई सहयोग पुर्याउनुपर्ने चर्को आवाज उठेको छ ।जुनसुकै तह र तप्काको ब्यक्ती भए पनि बलत्कार जस्तो गम्भिर सामाजिक अपराधको आरोप लागेपछी छानबिनको दायरामा आउनुपर्ने कानुनी राज्य र स्वस्थ समाजको पहिचान र पहिलो आवश्यकता पनि हो ।

सभामुख महराले आरोपको खण्डन गरे पनि उनिमाथी छानबिन नभए सम्म यो मुद्दाले निम्त्याउने राजनितिक र सामाजिक बिबाद अन्त्य हुने सम्भाबना पनि देखिदैन ।

समाजमा महिलाहरुमाथी असुरक्षा बढीरहेको ठानिएका बेला कसैमाथी बलत्कारको आरोप लागेपछी सत्ता पद र अन्य पहुचको भरमा आरोपित ब्यक्तीले उन्मुक्ती पाउने  कुरा  कानुनी राज्य र स्वस्थ समाजले सोच्न सक्दैन ।यो घटना छानबिन नभए यसले तत्कालै अनन्तराष्ट्रिय रुपामा नेपालको छबि धमिल्याउन थाल्नेछ। संसारका धेरै नेता तथा उच्च पदमा आसिन व्यक्तिले पद गुमाएका धेरै उदाहरणहरु प्रशस्तै छ ,सभामुख महरा पनि त्यसबाट अछुत रहन सक्दैनन् ।

 

प्रकाशित मिति : आश्विन १४, २०७६ मंगलबार  ५ : ४४ बजे