बर्तमान सरकार पुरै असफल : कांग्रेस उपशभापती निधि



काठ्माण्डौ –

नेपाली कांग्रेसका उपशभापती बिमलेन्द्र निधिले सरकार पुरै असफल भइसकेको दाबी गरेका छन ।

नेपाल ट्रेड युनिएन कांग्रेस सग आबद्द नेपाल भन्सार तथा बिमानस्थल सम्बद्ध श्रमिक संघद्वारा आयोजित बिजयादशमीको शुभकामना आदानप्रदान एबम भेटघाट कार्यक्रममा बोल्दै उपशभापती निधिले बर्तमान सरकार पुरै असफल भइसकेको दाबी गर्दै यहाँ भन्दा असफल हुने ठाउ नरहेको दाबी गरेका हुन । निधिले जनताका समस्या प्रती सरकार उदासिन रहेको भन्दै  सरकारसग नागरिकले गरेका अपेक्षा पुरा गर्न सरकार असफल भएको टिप्पणी गरे ।

निधीले बिगतमा कम्युनिष्टहरुले श्रमिकहरुको पार्टी बनाउने दाबी गरे पनि सत्तामा पुगेपछी श्रमिकहरुको हितका लागी कुनै काम गर्न नसकेको उल्लेख गरे ।श्रमिकहरुको पेशागत र सामाजिक सुरक्षा गर्ने कुरामा सरकारले ध्यान नदिएको उपशभापती निधिको भनाइ थियो ।निधिले अहिले सम्मको सरकारको काम हेर्दा सरकार पुरै असफल भइसकेको दाबी समेत गरे ।

कार्यक्रममा बोल्दै कांग्रेस नेता उदय शम्शेर राणाले पछिल्लो समय सरकारका गतिबिधीहरु लोकतन्त्र बिरोधी भएको दाबी गरे ।उनले सरकार समर्थित नेकपाका कार्यकर्ताहरु भौतिक आक्रमणमा उत्रीएर लोकतन्त्रको धज्जी उडाएको टिप्पणी गरे ।

तेस्तै उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता तथा नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले सरकारका गतिबिधीहरुले देशको बिकाश र सम्बृद्दिलाई अझै पछाडी धकेल्ने बताए ।

नेता कार्किले जताततै बढेको भ्राष्टाचार र सरकार प्रतिको जनताको अशन्तुष्टीले देशको सबै क्षेत्रको बिकाशलाई असर पार्ने उल्लेख गरे ।

नेता कार्किले नेपाली कांग्रेस प्रतिपक्षमा रहेको बर्तमान समयमा पार्टी भित्रको चर्को गुटबन्दी त्यागेर सङ्गठन निर्माणमा लाग्नु पर्नेमा जोड दिए ।

कार्किले एकताबद्द भएर जनताको बिचमा गए  नेपाली कांग्रेसलाई अझै कसैले रोक्न नसक्ने बताउदै  कांग्रेसलाई सरकारले गरेका गलत  कामहरुलाई रोक्न सक्षम बनाउन पनि अस्वभाबिक गुटबन्दी त्यागेर एकताबद्द हुनुपर्ने जिकिर गरे ।

पार्टी भित्रको आन्तरिक कुरामा नअल्मलिइ जनाताको घर दैलोमा पुग्न सके  नेपाली कांग्रेसलाईनै जनाताको साथ रहेको र जनता स्वत :  कांग्रेसको पक्षमा रहेकोमा नेता कार्किले जोड दिए ।

कार्यक्रम नेपाल भन्सार तथा बिमानस्थल सम्बद्ध श्रमिक संघका अध्यक्षा केदार दाहालको अध्यक्षतामा भएको थियो ।

 

प्रकाशित मिति : आश्विन १४, २०७६ मंगलबार  ४ : ५१ बजे