कांग्रेस चुप लागे जनतामाथी  झनै अन्याय : कांग्रेस उपसभापति गच्छदार



विराटनगर, १७ असोज-

नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकार संविधानको मर्म र भावनाअनुसार काम गर्न असफल भएको बताएका छन ।

विराटनगर विमानस्थलमा आज बिहान पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै गच्छदारले  सरकारको हरेक गतिविधि र निर्णयहरु संविधानको मर्म र भावना अनुरुप नभई नेकपा नेताकार्यकर्ताहरुको स्वार्थ अनुसार मात्रै हुने गरेको आरोप लगाएका हुन ।

उपसभापति गच्छदारले सरकारले ऐतिहासिक अवसर प्राप्त गरेको भए पनि सरकार असफल भएको दाबी गरे । गच्छदारले सत्ताको दुरुपायोग स्विकार्य नहुने भन्दै सरकारका गतिबिधीहरु एस्तै रहे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए । ।

सरकार प्रती नागरिक असन्तुष्टी र आक्रोश बढी रहेको बेला कांग्रेस पनि चुप लागेर बसे जनतामाथी  झनै  अन्याय बढ्ने   खतरारहेको उपसभापति गच्छदारले औल्याए ।

प्रेस लोकतन्त्रको गहना भएकाले प्रेसमाथीको हस्तक्षेप बन्द गर्न समेत गच्छदारले सरकार सग माग गरे ।

उपसभापति गच्छदारले आफूले विगतमा नेतृत्व गरेको पार्टी एकीकरण हुँदा भएको सम्झौताअनुसार पाएको केन्द्रीय समितिमा जाने सदस्यहरुका नाम छिट्टै सार्वजनिक गर्ने जानकारी दिए ।

प्रकाशित मिति : आश्विन १७, २०७६ शुक्रबार  ७ : ४२ बजे