कम्युनिष्टको नाममा कलंक नबन्न माधव नेपालको आग्रह



भक्तपुर –

माधवकुमार नेपालले नेकपाका नेता कार्यकर्ताहरुलाई कम्युनिष्टको नाममा कलंक नबन्न  आग्रह गरेका छन् ।

नेकपा बारीष्ठ नेता नेपालले भक्तपुरमा पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार आयोजना गरेको दशैको शुभकामना आदान—प्रदान कार्यक्रममा बोल्दै विगतमा गल्ती गरेको भए सच्चिएर अघि बढ्न तर बदनाम र कलंक बनेर नबस्न आग्रह गरेका हुन ।

नेता नेपालाले लोभ गर्ने बानी त्याग्न आग्रह गर्दै मदिरापान गर्ने बानीले धेरै कुराको हानी गर्ने भएकोले मदिरापान त्याग्न समेत सबैलाई सुझाब दिए ।

आफ्नो सिद्धान्तमा निष्ठावान भएर जात, भूगोल, आफन्त, अनुहार हेरेर, रगत खकार जाँचेर नभई कम्युनिष्टले वर्गको आधारमा प्राथमिकतामा राख्नु पर्ने उनको भनाई थियो ।

यौनकाण्डमा मुछिएपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको हालैको प्रकरणलाई लक्षित गरेर नेता नेपालले यस्तो धारणा राखेको ठानिएको छ ।

 

प्रकाशित मिति : आश्विन १८, २०७६ शनिबार  ५ : ४६ बजे