सशस्त्र प्रहरीद्वारा दशैंको अवसरमा विभिन्न ठाउँका स्थानीयहरुलाई लागि एक सय ३४ वटा पिङ निर्माण



काठमाडौं, असोज १८-

वडादशैं नेपाली हरुको महान चाड भएकोले बिभिन्न सरकारी निकायले पनि दशैमा नागरिकहरुको सुबिधालाई ध्यान दिदै  दशै रौनकलाई सघाउने गरेका छन ।

यसैबिच  सशस्त्र प्रहरी बल, नेपालले वडादशैंको पुनिट अवसरमा देशका विभिन्न ठाउँहरुमा स्थानीय वासिन्दाका लागि एक सय ३४ वटा पिङ हालेको छ । सशस्त्र प्रहरी बल, नेपालले स्थानीय वासिन्दाहरुलाई लक्षित गरी असोज १७ गते सम्म उक्त पिङ हालेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय, सुनसरीले २४ वटा पिङ हालेको भने सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीले २४ वटा, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुरले ११ वटा, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्कीले ८ वटा पिङ हालेको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देहीले २६ वटा, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतले ४ वटा, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय, कैलालीले २५ वटा र सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय, काठमाडौंले १२ वटा पिङ हालेको छ ।

प्रकाशित मिति : आश्विन १८, २०७६ शनिबार  ६ : १७ बजे