धरानको प्रसिद्द दन्तकाली पीठमा फूलपाती भित्र्याइयाे



धरान-

आज दसैंको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याइएको छ।नौ पत्र अर्थात अशोक, दारिम, धान्य, बेल, केचु, माने, हरिद्रार (बेसार), जयन्ति, कोलालाई विधिवत पूजा अजना गरी  भित्र्याएपछि दशै शुरुवात हुने शाश्त्रीय मान्यता छ ।

यसैक्रममा धरानको दन्तकाली पीठमा पनि विधिवत रुपमा फूलपाति भित्र्याइएको छ ।उक्त अबसरमा सशस्त्र प्रहरी एक नं . वाहिनी पकलीबाट आएका शशस्त्र प्रहरीको वेण्डबाजा बजाएका थिए । यस्तै पिण्डेश्वर मन्दिरबाट दन्तकालीसम्म पुजारीहरुले शंकध्वनीसहित ढोल, दमहा बजाएर हर्षोल्लासका साथ फूलपाति भित्र्याएका थिए ।

धरानको विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरबाट सेनाको मार्चपाससहित वेण्डबाजाकोे टोलीले दन्तकाली मन्दिरका पूजारी, सर्वसाधारणको उल्लेख्य उपस्थितिमा ९ पत्र अर्थात नौवटा जडिबटी मिश्रित फूलपाति दन्तकालीमा भित्र्याएको हो ।

विहानै दन्तकालीका पूजारी नुहाई दुहाई गरेर यी नौ बस्तु खोज्न गएका थिए । दन्तकालीका पूजारीले नौ पत्र डोलीमा बोकेर ल्याएका थिए । नौ पत्र खोज्ने पूजारीहरुले फूलपाति नभित्र्याउन्जेल कसैलाई छुन र बोल्न नमिल्ने मान्यता रही आएको छ ।

 

प्रकाशित मिति : आश्विन १८, २०७६ शनिबार  १ : १३ बजे