यस्तो छ चिनिया राष्ट्रपतीको भ्रमण तालिका



काठ्माण्डौ-

नेपालको औपचारिक भ्रमणमा आउन लागेका  चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणको समयतालिका सार्वजनिक भएको छ। सार्वजनिक भएको भ्रमणतालिका अनुसार राष्ट्रपति सी असोज २५ गते,  शनिबार अपराह्न ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन भने भ्रमण सकेर आइतबार दिउँसो १ बजे चीन फर्किने छन ।

शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानस्थलमा अवतरण गरेपछि चिनियाँ राष्ट्रपति सीको राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता तय भएको छ। तालिकाअनुसार साँझ ६ः३० बजे दुई देशका राष्ट्रपतिको भेटवार्ता हुनेछ।

आइतबार नै साँझ ७ः१५ मा सीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ।सभापति देउवा सगको भेटघाट पछी  साँझ ७ः३० मा चिनियाँ राष्ट्रपति सी सोल्टी होटलमा  उनको सम्मानमा आयोजना गरिएको रात्री भोजमा सरीक हुनेछन ।

आइतबार बिहान १०ः३० बजे सीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन्।त्यस्तै ११ः३० मा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता द्वीपक्षीय सम्झौता हुनेछ।

आइतबारै दिउँसो १ बजे सीको चीन फर्किन उडान छ। चिनियाँ राष्ट्रपति सी नेपाल आउने र जाने समय उनको उडान अवधिका बेला काठमाडौं विमानस्थलमा कुनै पनि उडान हुने छैनन्।

उनको उडान अवधिका बेला तय भएका सबै व्यवासायिक उडान स्थगन गर्न विमानस्थल कार्यालयले सूचना जारी गरेको छ ।

प्रकाशित मिति : आश्विन २४, २०७६ शुक्रबार  ११ : ०१ बजे