काठमाडौं–
काँग्रेस नेता रमेश लेखकले प्रतिनिधिसभा सभामुख पदमा नेपाली काँग्रेसको दाबी रहेको बताएका छन् ।
नेता लेखकले सभामुख र उपसभामुख पदमध्ये एक पद आफ्नो पार्टीले नपाए मान्य नहुने चेतावनी पनि दिए ।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने संवैधानिक व्यवस्था रहेकाले सोही अनुसार सभामुख पद प्रमुख प्रतिपक्ष दललाई दिनुपर्ने तर्क पनि गरे ।
उनले सभामुख र उपसभामुख पद एउटै दलले राखेर संविधान विपरितका गतिविधि अब हुन नदिने पनि बताए ।
उनले संक्रमणकालीन न्याय निरुपणका लागि आवश्यक कानुन संशोधन गर्न ढिलाई नगर्न सरकारलाई सचेत पनि गराए ।
पूर्वमन्त्री समेत रहेका काँग्रेस नेता लेखकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता नागरिक छानविन आयोग तत्काल गठन गर्न पनि सरकारसँग माग गरे ।








