नवलपरासि-
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसबाट निर्बाचित जनप्रतिनिधीहरुले कांग्रेसको शाख जोगाउने गरी काम गर्नुपर्ने बताएका छन ।
कांग्रेस गैंडाकोट नगरकार्यसमितिद्वारा आयोजित”पार्टी र जनप्रतिनिधिहरू बीच समन्वय बीसयक कार्यक्रममा महामंत्री कोईरालाले कांग्रेसबाट निर्बाचित जनप्रतिनिधिहरूलाई पार्टिको शाख जोगाउने गरी काम गर्न निर्देशन दिदै एस्तो बताएका हुन । महामन्त्री डा. कोइरालाले जनतासग राजनिती र पार्टिलाई जोड्ने दायित्व जनप्रतीनिधिको भएको उल्लेख गर्दै जनताको आवश्यकता र भाबनालाई प्राथमिकता दिएर काम गर्न समेत सुझाब दिए ।
सिद्दान्त र सेवाभाबबाट राजनिती स्खलीत हुन थालेको बताउदै महामन्त्री कोइरालाले सिद्दान्त , बिचार र सेवाभाबलाई राजनितिमा पुन : स्थापित गर्नुपर्ने अहिलेको पहिलो आवाश्यकता भएकोमा जोड दिए ।
कोइरालाले आगामी महाधिबेशन कांग्रेसका लागी महत्वपुर्ण भएको उल्लेख गर्दै आगामी महाधिबेशनबाट जनताले बिश्वाश गर्न सक्ने पार्टी बनाउनुपर्ने दायित्व पुरा गर्न सबै लाग्नुपर्ने बताए ।
महामन्त्री कोइरालाले आफु पार्टी भित्रको गुट्बन्दी अन्त्य गर्न लागी परेकोमा जोड दिदै त्यसका लागी सहयोग गर्न समेत सबैलाई आग्रह गरे ।
कोइरालाले आगामी महाधिबेशन पछी पार्टी भित्रको अस्वस्थ गुट्बन्दी अन्त्य हुने पनि दाबी गरे ।








