सत्तारुढ नेकपाका नेतामाथी बिप्लब समुहको आक्रमण , मोबाइल फोन कब्जा



जाजरकोट-

बारेकोट गाउँपालिकाको लिम्सामा हुने सत्तारुढ नेकपाको गाउँ कमिटीको शपथ ग्रहण गराउन हिँडेका नेतामाथि आक्रमण भएको छ ।

नेत्रविक्रम चन्द विप्लवु समूहका कार्यक्रताले जिल्लाको नलगाड नगरपालिका खारा र बारेकोट गाउँपालिका–८ लैखमको बीचमा रहेको उकालोमा नेकपाका केन्द्रीय सदस्य नीरज आचार्य र कर्णाली प्रदेश कमिटीका सदस्य डम्बर सिँहमाथि आक्रमण भएको हो ।

आक्रमणमा परी प्रदेशसदस्य सिँहलाई बढी चोट लागेको आचार्यले जानकारी दिए । विप्लव कार्यक्रताले दुवै नेताको मोबाइल फोन कब्जामा लिएका बताएको छ ।

विद्युतीय धराप राखेको भन्दै खच्चड व्यवसायीलाई नलगाड कालीमाटीबाट लेखमसम्मको बाटोमा हिँड्न नदिएको बताइएको छ । प्रहरीले आक्रमणकारीको खोजी कार्य तीव्र पारेको छ ।

प्रकाशित मिति : कार्तिक ६, २०७६ बुधबार  १२ : ३० बजे