काठमाडौँ –
कांग्रेस नेता देवेन्द्रराज कँडेलले भारतिय नागरिक भनि आफुमाथी लगाइएको आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएका छन ।
भारतीय नागरिक भएको आरोप लगाएपछि बुधबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर नेता कँडेलले आफू भारतीय नागरिक भएको पुष्टि भए जतो सुकै कार्बाही भोग्न तयार रहेको समेत बताएका छन ।
पत्रकार सम्मेलनमा कँडेलले आफुलाई फसाउने षड्यन्त्र भइरहेको दावी गरे ।
आफु बिरुद्द आरोप लगाउने सञ्चारमाध्यमबिरुद्द कानुनी उपचार खोज्ने समेत कडेलले प्रष्ट पारे ।। “मेरो नाममा भारतीय नागरिकता त के, मेरो नाममा भारतमा एक इञ्च पनि जमिन भएको पुष्टि गरेर देखाउन चुनौती दिन चाहन्छु,” कांग्रेस नेता कँडेलले भने, “संस्था (विद्यालय) बाहेक भोट हालेको सावित गरे दण्ड सजाय भोग्न तयार छु । तर, झुटो आरोप लगाएर मान प्रतिष्ठामा आँच पुर्याउँदा अत्यन्तै दुःख लागेको छ ।”
कँडेलले आफ्नी हजुरआमाले खोलेको क्याम्पसको अध्यक्ष भएकै कारण भारतको उच्च अदालतमा आफूविरुद्ध नेपाली नागरिकले भारतीय संघसंस्थामा अध्यक्ष हुन नपाउने भनेर मुद्दा चलिरहेको जानकारी दिए ।
सन् १९५० को सम्झौताका आधारमा नेपालीले पनि भारतमा सामाजिक संघसंस्था सञ्चालन गर्न पाउने भएकाले आफू आफ्नो हजुरआमाले खोलेको क्याम्पस (तत्कालीन विद्यालय) को अध्यक्ष भएको प्रष्ट्याए ।








