काठ्माण्डौ-
कांग्रेस महामन्त्री डा . शशांक कोइरालाको आज परेको जन्म दिनको उपलक्ष्यमा महामन्त्री कोइरालाको निबासमा पुगेर कांग्रेसका नेता कार्यकर्ताहरुले जन्मदिनको शुभकामना दिएका छन ।
महामन्त्री कोइरालालाई शुभकामना दिन नेता शेखर कोइराला,सुजता कोइराला,डा मिनेन्द्र रिजाल्, दिपकराज गिरी , धनराज गुरुङ , गुरुराज घिमिरे, जिबन परियार ,कल्याण गुरुङ्, लगायत नेताहरु र ठुलो शङ्ख्यामा कार्यकर्ताहरु कोइराला निबास महाराजगन्ज पुगेका थिए ।

तेस्तै साम्सदहरु बिभिन्न जिल्लाका पार्टी नेताहरु र भात्री संस्थाका प्रतिनिधिहरु पनि डा. कोइरालालाई शुभकामना दिन कोइराला निबास महाराजगन्ज पुगेका थिए ।
महामन्त्री कोइराला पार्टीभित्र कम बिबादित , शालिन र भद्र नेता मानिन्छन । डा. कोइरालालाई कांग्रेसको आगामी महाधिबेशनमा शभापतिको उम्मेद्वारको रुपमा समेत हेरिएको छ ।
महामन्त्री कोइरालाको जन्मदिनमा कोइराला परिवारका सबै सदस्यहरु समेत एकै ठाउ उभिएर एकताको सन्देश दिएका छन ।
कांग्रेसको आगामी महाधिबेशन नजिकिदै गर्दा कोइराला परिवार एक्जुट हुनुलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ ।










