नेकपा सरकारको उदेश्य राज्यसत्ता कब्जा : काँग्रेस युवा नेता प्रदिप पौडेल



बुटवल, ९ कात्तिक –

काँग्रेसका केन्द्रीय सदस्य एबम युवा नेता प्रदिप पौडेलले नेकपा सरकारको उदेश्य राज्य सत्ता कब्जा गर्ने रहेको बताएका छन ।

शनिबार रिपोटर्स क्लवले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपाका अध्यक्ष द्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल सत्ता कब्जाकालागी योजनाबद्द ढङ्गले लागी रहेको दाबी गरेका हुन । नेता पौडेलले सरकार बने देखी अहिले सम्मका गतीबिधीहरुले सरकारको नियत राम्रो नभएको प्रष्ट पार्ने बताए ।

अहिले मुलुकमा प्रहरी, प्रशासन, अदालत सबै राज्यका निकायलाई सरकारले नेकपाकरण गर्न खोजेको आरोप लगाए ।

सरकारकै कारण राजनिती र ब्यबस्था प्रतीनै जनताको बिश्वाश घट्न थालेको उल्लेख गर्दै नेता पौडेलले सरकार र सत्तारुढ नेकपाकै कारण देशमा अस्थिरता बढ्ने खतरा रहेको समेत दाबी गरे ।

युवा नेता पौडेलले नयाँ ढङ्गले काँग्रेसको रुपान्तरण गर्न जरुरी रहेकोमा जोड दिदै पार्टी अझै पनि यथास्थितीबाटै अंगाढी बढे सरकारका कारण संविधान र लोकतन्त्रप्रती उत्पन्न भएको खतराको सामना गर्न नसक्ने समेत उल्लेख गरे ।पौडेलले भने–‘पार्टीको बैचारिक, नेतृत्व र सांगठनिक अवस्था कुनै एउटा कुराको परिवर्तन भएर पार्टी सवल हुन सक्दैन, सबै कुरामा सुधार आवश्यक छ ।’

पार्टी प्रती युबा पुस्ताको आकर्षण बढाउन पनि पार्टिमा रुपान्तरणको खाचो रहेकोमा नेता पौडेलले जोड दिए ।

 

प्रकाशित मिति : कार्तिक ९, २०७६ शनिबार  १० : ३३ बजे