काठमाडौँ–
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड बीच प्रधानमन्त्रीनिबास बालुवाटारमा भेटवार्ता भएको छ ।
सोमबार झण्डै एक घण्टा ओली र प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता भएको बालुवाटार श्रोतले जनाएको छ ।
अध्यक्षद्वय ओली र प्रचण्ड बीच पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।
केही समयअघि ओली र प्रचण्डबीच दुरी बढेको भन्ने समाचार सार्वजनिक भएपछि उनीहरुबीचको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी भएका थिए ।
अध्यक्ष प्रचण्डले पार्टी एकिकरण गर्दा भएको सहमती कार्वन्वयन गर्न प्रधानमन्त्री ओलीले आनाकानी गरेको भन्दै पटक पटक असन्तुष्टी सार्बजनिक गर्दै आएका छन ।
प्रधानमन्त्री ओलीले भने बाकुबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफुहरुबीच दुरी नबढेको दावी गरेका थिए ।
बालुवाटारमा भएको‘वान टु वान’बार्तामा दुइ नेता बिचमा असमझादारीहरु रहे पनि मंसिर १४ हुने उपनिर्वाचन सम्म कसैले सार्बजनिक नगर्ने बिषयमा कुराकानी भएको बुझिएको छ ।








