काठ्माण्डौ-
पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध आज आइतबार काठ्माण्डौ जिल्ला अदालतमा थुनछेक बहस हुँदै छ।
महरामाथि संसदसचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका महरालाई सरकारी वकीलको कार्यालय, काठमाडौंले गत बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्नै अदालतले फैसला गर्नेछ।
बहसमा वादी नेपाल सरकार पक्ष भएकाले पीडितका तर्फबाट सरकारी वकिलले र प्रतिवादीका तर्फबाट निजी कानुन व्यवसायीले आ–आफ्नो पक्षमा बहस गर्नेछन्।थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्नै अदालतले फैसला गर्नेछ।
महराविरुद्ध पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप दुई वर्ष गरी सात वर्ष कैद सजाय माग लिइएको छ।








