काठमाडौँ –
नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थितमा मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा एक समारोहबीच सातवटै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराएकी हुन् ।
सोमबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदुरपश्चिममा शर्मिलाकुमारी पन्त नियुक्त गरेकी थिइन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने प्रदेश प्रमुख जस्ताे गरिमामय पदलाई मनपरि ढंगले हटाउनु भनेकाे सरकारले एकलाैटी गरेर सर्वसत्तावाद तर्फ जाने काेशिस भएको भन्दै चर्को बिरोध जनाएको छ ।








