काठमाडौं, १९ कात्तिक –
सत्तारुढ नेकपा अध्यक्ष प्रचण्डले प्रदेश प्रमुखहरुको नियुक्तीबारे नेकपा बरिष्ठ नेता माधव नेपालको नोट अफ डिसेन्ट लेख्नु सामान्य भएको बताएका छन् ।
बाँकेमा आयोजित पत्रकारहरुसँगको साक्षात्कार कार्याक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने,‘माधवजीले एक दुई जनाको नाम प्रस्ताव गर्नुभएको थियो । र, त्यसमा जोड दिनुभएको थियो । त्यो नभएपछि चित्त नबुझेर नोट अफ डिसेन्ट लेख्नु स्वाभाविक हो ।
प्रचण्डले घुमाउरो पारामा माधब नेपाल नोट अफ डिसेन्ट लेख्दै गर्नुहुन्छ, पार्टी चल्दै जान्छ भन्ने आशय ब्यक्त गरेर माधब नेपालको असहमतिलाई सामान्य रुपमा अर्थ्याएका छन ।बरिष्ठ नेता नेपालको असहमतिलाई आगामी दिनमा पनि महत्व नदिने सङ्केत प्रचण्डले दिएका छन ।
प्रदेश प्रमुख चान्न बसेको सचिवालय बैठकमा नेता नेपालले प्रदेश प्रमुख छान्दा एकलौटी निर्णय भएको र मापदण्ड नपुगेकालाई सिफारिस गरिएको भन्दै नोट अफ डिसेन्ट लेख्दै अषन्तुष्टी ब्यक्त गरेका थिए ।
प्रचण्डले प्रदेश ५ को राजधानीका विषयमा सबैलाई सुविधा हुने गरी ठाउँ तय हुने पनि बताए।
‘जनताको हितलाई हेरेर राजधानीको टुंगो लगाउनुपर्छ। त्यस्तो सेन्टर जुन नयाँ बजार बनाउन पनि सकिने उनको भनाइ थियो ।








