प्रदेश ५ को राजधानी दाङ हुनसक्छ : प्रचण्ड



बुटवल –

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले प्रदेश ५ को राजधानी दाङ हुनसक्ने  बताएका छन् ।

प्रेस सङ्गठन दाङले आज दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले प्रदेश ५ को राजधानी दाङ हुनसक्ने  बताएका हुन ।

प्रचण्डले भने, ‘राजनीतिक आन्दोलन र परिवर्तनमा दाङको भूमिका अग्रणी रहेकोे छ । यही कुरालाई मध्यनजर गर्दै प्रदेश ५ को राजधानी दाङ उपयुक्त हुने ठहर गर्दै दाङलाई नै प्रदेश ५ को राजधानी बना पहल गर्ने तयारीमा छौँ ।’

उनले दाङको पूर्वाधार निर्माणमा पनि वृद्धि भएको बताए । मुलुकका हरेक आन्दोलनमा दाङले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘यो परिवर्तनको एउटा अग्रणी भूमिका निर्वाह गरेको जिल्ला र प्रदेश भएको नाताले आउने दिनमा यो प्रदेशको केन्द्र निर्माणमा पनि दाङ जिल्ला एउटा महत्त्वपूर्ण जिल्लाको रुपमा उभिएर आउने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमि आफ्नोतिर पारेको विषयमा सरकारले कुटनीतिक पहल शुरु गरिसकेको जानकारी दिए ।

प्रकाशित मिति : कार्तिक २०, २०७६ बुधबार  ४ : ५७ बजे